६ बैशाख २०८१, बिहिबार

भारतको आसाममा भूकम्प


Earthquake India

२८ जेठ, नयाँदिल्ली । भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ । सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहान १०ः३० बजे भूकम्प गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।

तर आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !