६ बैशाख २०८१, बिहिबार

ओडिशा रेल दुर्घटना (अपडेट) : २३३ जनाको मृत्यु, ९०० जना घाइते


भारतको ओडिशामा रेल दुर्घटना

ओडिशा । भारतको ओडिशामा हिजो साँझ भएको रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३३ जनाको पुगेको छ भने ९०० जना भन्दा बढी घाइते भएको भारतीय पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ ।

शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसको रेल बालासोर स्टेशन नजिकै मालबाहक अर्को रेलसँग हिजो साँझ ७.२० बजे ठोक्किएको थियो । रिपोर्टहरूका अनुसार एक्सप्रेस ट्रेनका कम्तिमा चार डिब्बाहरू स्टेशनमा उभिएको मालगाडीमा ठोक्किएपछि बहानागा स्टेशनमा पटरीबाट खसेका थिए ।

कोलकाता नजिकैको शालिमार स्टेशनबाट ट्रेन चेन्नई सेन्ट्रल स्टेसन जाँदै गर्दा बाहनागा बजार स्टेशन नजिकै दुर्घटना भएको थियो । उद्धार कार्यका लागि एम्बुलेन्स र ठूलो संख्यामा ठूला बसहरू घटनास्थलमा पुगेका थिए ।

केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णव हिजै ओडिशाको बालासोरमा दुर्घटनास्थलमा पुगेका थिए । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले भयानक रेल दुर्घटनालाई ध्यानमा राख्दै एक दिनको शोकको घोषणा गरेका छन् । उक्त रेल दुर्घटना यो शताब्दीमा भारतको सबैभन्दा ठुलो रेल दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले उक्त दुर्घटनाको उच्चस्तरीय छानबिन गरिने आज शनिबार बताएका छन् । रेल मन्त्रालयले मृतकका आफन्तलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख र सामान्य चोटपटक लागेकाहरुलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !