भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै Nepalpatra भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै
१५ मंसिर २०७९, बिहिबार

भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै


मनोज पाण्डे

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी आज पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ ।

आज भदौ १९ गतेदेखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुन लागेको पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।

यसैगरी उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तर्क्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छन् ।

जनरल पांडेले नेपाल भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको निर्देशनालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !