१२ बैशाख २०८१, बुधबार

अफगानिस्तानलाई मानवीय सहायता


सहयोग

काबुल । अफगानिस्तानले चार करोड अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको छ । प्राप्त गरेको सो रकम देशको एक वाणिज्य बैंकमा जम्मा गरिएको केन्द्रीय बैंकले सोमबार एक विज्ञप्तिमार्फत जनाइएको छ ।

अफगानिस्तानलाई विभिन्न देश तथा संस्थाबाट प्राप्त मानवीय सहायता शृंखलाको एक भागको रूपमा चार करोड अमेरिकी डलर नगद अफगान राजधानी काबुल आइपुगेको र अफगानिस्तान इन्टरनेशनल बैंकमा हस्तान्तरण गरिएको ‘द अफगानिस्तान बैंक’ (डिबिए) ले जानकारी दिएको छ ।

अफगानिस्तानले सहयोग उपलब्ध गराउँदै आएका अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै डीबीएले नगद सहयोग पारदर्शी रूपमा खर्च गरिने बताएको छ ।

युद्धग्रस्त देशलाई सम्भावित आर्थिक सङ्कटबाट रोक्न तथा अत्यावश्यक खाद्यान्न लगायतको सहयोगका लागि विदेशी दाताहरुले सहयोग गर्दै आएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !