२७ आश्विन २०८१, आइतबार

कोरोना संक्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई


जो बाइडेनका डेलावरको विशेष सम्बोधनमा देखिएका भावुक तस्वीरहरु

वासिङ्टन । छोटो समयपछि पुनः कोरोना भाइरसको संक्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उहाँ आइसोलेसनमा बसेका छन् ।

जुलाई २१ मा कोरोना भाइरस सङ्क्रमण भएका उनी आइसोलेसनबाट निस्किएलगत्तै पुनः आइतबार उनी संक्रमणमा परेका थिए । दिनमात्र अघि आइसोलेसनबाट निस्किएका उनलाई शनिबार परीक्षण गर्दा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको ह्वाइट हाउसका चिकित्सक डा. केभिन ओ कनरले जानकारी दिएका हुन् ।

डा. कनरका अनुसार राष्ट्रपति बाइडेनलाई पुनः आइसोलसनमा बसेका छन् । तर उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा. कनरले बताएका छन् । उनले एक सूचनामा राष्ट्रपति बाइडेन पुनः आइसोलेसनमा बसेका छन् र उनले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्ने छन् ।

उनान्असी वर्षीय राष्ट्रपति बाइडेनले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको तर कुनै पनि लक्षण नदेखिएको बताएका छन् । उनले ट्वीट गर्दै आफू स्वस्थ रहेको तर अरुलाई कसैलाई असर नगरोस भनेर आफू जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आइसोलेसनमा बसेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !