६ बैशाख २०८१, बिहिबार

रनिल विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित


रनिल विक्रेमसिंघे

कोलम्बो । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित भएका छन् । आज बुधबार संसदमा भएको मतदानमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे श्रीलंकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।

नयाँ राष्ट्रपति पदको दौडमा रनिल विक्रमसिंघे, दलस अलापेरुमा र वामपन्थी नेशनल पिपुल्स पावर पार्टीका अनुरा कुमारा दिसानायके थिए । दुई प्रतिष्पर्धीलाई हराउँदै नयाँ राष्ट्रपति चुनिएका हुन् ।

उनी यसअघि ६ पटक श्रीलङ्काको प्रधानमन्त्री बनेका थिए । उनी राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।

आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेर प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागी सिंगापुर पुगेका छन् । विक्रमासिङ्घको कार्यकाल नोभेम्बर २०२४ मा सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !