८ बैशाख २०८१, शनिबार

श्रीलंकाका राष्ट्रपति भागेर राजापाक्ष माल्दिभ्समा, प्रधानमन्त्री कार्यबाहक राष्ट्रपति


गोटाबाया राजापाक्ष र रानिल विक्रमसिङ्घे

कोलम्बो, श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको र उक्त राजिनामा पत्र सभामुखलाई बुझाइने र राष्ट्रपतिको राजिनामाको औपचारिक घोषणा संसदबाट गरिने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयका एक अधिकारीले बताए ।

यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । माल्दिभ्समा राष्ट्रपति गोटाबाया राजपाक्ष गएको खबरपछि सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको समाचारहरूमा जनाइएको छ ।
विक्रेमेसिङ्घेले दङ्गा मच्चाउनेहरूलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिनुभएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

श्रीलङ्काको विदेश मन्त्रालयका एक पूर्व सल्लाहाकारले भने, “हामी प्रधानमन्त्रीको पनि राजीनामा चाहन्छौं किनकि राष्ट्रपतिले राजीनामा दिएमा हाम्रो संविधानअनुसार प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्ने छन् । नागरिकले उनीहरू दुवै असफल भएको देखिसकेका छन् । उनीहरू दुबै पदच्युत हुनुको विकल्प छैन ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !