१२ बैशाख २०८१, बुधबार

अन्तत: देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे


गोताबाया राजापाक्ष

काठमाडौं । अन्तत: श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए ।

उनकै परिवारका पूर्वअर्थमन्त्री बासिल राजापाक्षेसमेत भागेका छन् । राजापाक्षेका परिवार नै भागेका छन् । उनीहरु कुन देश गए भन्ने खुलेको छैन । कतिपय सञ्चार माध्यमले उनी माल्दिभ्स पुगेको उल्लेख गरे पनि यसको पुष्टि हुन सकेको छैन ।

श्रीलंकामा आर्थिक संकट भएपछि जनता सडकमा उत्रिएका थिए । उनीहरुले राजापाक्षेको राजीनामा माग्दै आएका थिए । उनले आज बुधबार राजीनामा दिने खबर प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पठाएको खुलाइएको थियो ।

राजापाक्षे परिवारले दुई दशकभन्दा बढी शासन गरेको थियो । उनीहरुले परिवारवाद र नातावाद हावी गराएर शासन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !