७ बैशाख २०८१, शुक्रबार

भारतमा १४ हजार ५ सय भन्दा बढी कोरोना संक्रमित थपिए


भारतमा कोरोना संक्रमित

नयाँदिल्ली । मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ७७ जनाको मृयु भएको छ ।

हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित करिब एक लाखनजिक पुगेको गत ६ महिनायता पहिलो पटक भएको जनाइएको छ ।

पछिल्लो एक दिनमा एघार हजार ५४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !