१२ बैशाख २०८१, बुधबार

श्रीलंकामा विरोधी प्रदर्शनमा गोली चल्दा एकजनाको मृत्यु, २१ जना घाइते


श्रीलंका

एजेन्सी । श्रीलंकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सरकार विरोधी प्रदर्शनमा संलग्नलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागेर थप ११ प्रदर्शनकारीसहित २१ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रीय समाचार अनुसार यस घटनामा १० प्रहरी पनि घाइते भएको छ । उनीहरु सबैलाई केगाले अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुई जनाको अहिले शल्यक्रिया भइरहेको बताइएको छ । गोलीबारीको यो घटना श्रीलंकाको पश्चिमी मध्य भागको रामबुकाना शहरमा मंगलबार भएको हो ।

प्रहरी प्रवक्ता निहाल तल्दुवाले १५ घण्टादेखि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले गोली चलाउनुपरेको बताए । अर्को सूचना नभएसम्मका लागि रामबुकानामा कर्फ्यू लगाइएको पनि उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !