१२ बैशाख २०८१, बुधबार

अफगानिस्तानमा शान्ति स्थापनार्थ कतारद्वारा ७५ हजार बढीको उद्दार


अफगानिस्तानमा शान्ति स्थापनार्थ कतार

काठमाडौ । गत भाद्र २ गतेदेखि २२ फाल्गुणसम्म कतारले ७५ हजार बढीको उद्दार गरेको छ । कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ । गत वर्षको अगष्ट महिनामा नेपाली समय अनुसार साउन भाद्रमा तालिवानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानी लगायत सबै शहर कब्जामा लिएपछि तनाव सिर्जना भएको थियो ।

लामो समयदेखि नेटोसेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिवानले हरेक वर्ष विदेशि सेनासंग लड्ने योजना सार्वजनिक गर्ने गरेको थियो । केहि समय अगाडि अमेरिकाले आफ्नोसेना फिर्ता लगेसंगै तालिवानले सिङ्गोअफगानिस्तान कब्जामा लिन सफल भयो ।

तालिवानि कब्जासंग रणभुमि बनेको अफगानिस्तानमा शान्ति स्थापना गर्न कतार सरकारले सरोकारवाला पक्षलाई कतारमै सुरक्षित रूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गर्यो ।

तालिवानले कब्जामा लिएसंगै अफगानिस्तानमा शरिया कानुन लागू गर्ने घोषणा गरेपछि महिलाहरूलाई घर वाहिर निस्किनै मुस्किल हुने विषय विश्वव्यापी रूपमा उठिरहेको छ। यसवाहेक तालिवानको सत्ता कब्जापछि मुलुक छोड्न चाहनेहरूको ठुलो घिड देखियो ।

अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कुटनैतिक निकाय बन्द गरेर आफ्ना नागरीक तथा कर्मचारिको उद्दार गरे । अफगानिस्तानमा रहेका विदेशी नागरीक तथा अफगानि नागरीकलाई राहत तथा उद्दारमा विश्वले कतार एयरवेजको सहायता प्राप्त गर्यो ।

कतार एयरवेजले गत वर्ष अगष्ट १८ २०२१ देखि फेब्रुअरि ६ २०२२ सम्म ७५ हजार भन्दा बढीको विभिन्न उडान मार्फत उद्दार गरेको छ । ति मध्ये धेरैजसोत अफगानि विद्यार्थी, शिक्षक, अधिकारकर्मि, वकिल, कलाकार, संगितज्ञ तथा अन्य छन् । विदेशी नागरिकमध्ये नेपाली नागरीकको समेत कतार सरकारले उद्दार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको थियो ।

कतार सरकारले अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्दार मात्र गरेन, उनीहरूको लागि बस्ने खाने व्यवस्था समेत गर्यो, उपचारकोआवश्यकता हुनेहरूलाई निशुल्क उपचारको व्यवस्था गर्यो । स्वास्थ्यका कारणले विशेषआवश्यकता हेरचाह गर्नुपर्नेहरूका लागि ह्वील चेयर र विशेष वासस्थानको व्यवस्था कतार सरकारले गरीरहेको छ ।

उद्दारकै क्रममा परिवार विहिन २ सय ८ जना वालवालिका कतार पुगेका थिए । जसलाई कतार फाउण्डेशनले युनिसेफसंगको सहकार्यमा आश्रय तथा शिक्षा तथा स्वास्थ्यका सबै जिम्मेवारी पुरा गरीरहेको छ । विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीहरूलाई कलेज तथा विद्यालयमा पढाइरहेको छ ।

तालिवानी आक्रमणपछि अफगानिस्तानमा संयुक्त राज्य अमेरिका लगायत पश्चिमा राज्यहरू प्रवेश गर्न सक्ने अवश्था रहेन जसले गर्दा कतारी सहयोगमा ति देशहरूले आफ्ना नागरीकको सुरक्षा गरेकोथियो । त्यसवेला अमेरिका र कतार बीच एउटा सहमतिमा हस्ताक्षर नै भयो जसले कतारलाई अफगानिस्तानको संरक्षक शक्तिको रूपमा खडा गर्यो ।

तालिवानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कार्जाइ विमानस्थल कतार सरकारले ९ दिनमा मै मर्मत गरी पुनः संचालनमा ल्याएको थियो । कतार सरकारले तालवानीसंग सम्बन्ध सुधार गरी अहिले पनि हामिद कार्जाइ विमानस्थलमा अन्य देशका विमान अवतरण गर्न सहकार्य गर्ने गरेको छ । नेपाल सरकारले केहि समय अगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्याउंन सफल भएको थियो ।

कोभिड-१९ महामारीकै बीचमा अफगानिस्तानमा भिषण संघर्ष भएका कारणले मानवीय सहायताको महशुष गरी कतार सरकारले डब्ल्युएचओसंग सहकार्य गरी कतार एयरवेज मार्फत राहत सामग्री पुर्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !