१४ माघ २०७९, शनिबार

भारतमा दैनिक संक्रमितको संख्या १० हजार भन्दा कम


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।

यो संख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक संक्रमितहरुको संख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका हुन । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेका छन् ।

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !