११ बैशाख २०८१, मंगलबार

इटालीका राष्ट्रपतिमा म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित


सर्जीओ म्याटरेल्ला

एजेन्सी । गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि इटालीका राष्ट्रपतिमा सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

राष्ट्रपति म्याटरेल्लाले यसअघि दोस्रो कार्यलयका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरे पनि इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उनलाई कर गरेका थिए । आठौं चरणको निर्वाचनपछि उनी शनिवार औपचारिक रुपमा नै विजयी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !