११ बैशाख २०८१, मंगलबार

अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटना, सात जना घाइते


एजेन्सी । अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार नियमित अपरेसनका दौरान सो दुर्घटना भएको बताइएको छ । घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई फिलिपिन्सको मनिलास्थित अस्पतालमा पुर्‍याइएको थियो । पाइलटसहित उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !