११ बैशाख २०८१, मंगलबार

न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेनको विवाह रद्द


न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन

एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा अर्डेनले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समुदायमा फैलने गति कम गर्न आफ्नो विवाह हालका लागि रद्द गरेकी छन् ।

राष्ट्रले ओमिक्रोन भेरियन्ट समुदायमा फैलने गति कम गर्न नयाँ प्रतिबन्धहरू लगाएकाले आफ्नो विवाह रद्द गरेको प्रधानमन्त्री अर्डेनले आइतबार पत्रकारहरूसँग बताइन् ।

एउटा विवाह समारोहबाट ओमिक्रोन संक्रमण समुदायमा फैलिएपछि न्युजिल्यान्डले आइतबार मध्यरातदेखि मास्कसम्बन्धी र भेला हुन पाउने संख्या सीमित पार्ने नियम लागु गर्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !