७ बैशाख २०८१, शुक्रबार

भारतमा आज मात्र २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि


भारत

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतीय समाचार माध्यम अनुसार हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३४५ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो स्थानमा रहेको दिल्लीमा २८ हजार ८६७ संक्रमित थपिएको समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !