७ बैशाख २०८१, शुक्रबार

बेलायती प्रधानमन्त्री जोनसनको राजीनामा माग


बोरिस जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले जोनसनको राजीनामा माग गरेका हुन् ।
अन्तर्राष्ट्रिय समाचार अनुसार सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको आक्रोशलाई बुझेको बताएका छन् ।

तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्‍याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधानमन्त्रीमाथि अविश्वास दर्ता गर्नका लागि पत्र लेख्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !