७ बैशाख २०८१, शुक्रबार

सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकद्वारा राजीनामाको घोषणा


एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री हमदोकले सेनासँग एक विवादास्पद सम्झौतापछि आफ्नो राजीनामाको घोषणा गरेका छन् ।

सुडानको सेनाले अघिल्लो वर्ष अक्टोबरमा सत्तामाथि कब्जा जमाएको थियो र हमदोकलाई नजरबन्द गरिएको थियो। तर यो सैन्य कूपछि प्रधानमन्त्री हमदोक र सेनाबीच सत्ताको साझेदारीको विषयमा सम्झौता भयो, त्यसपछि उनलाई बहाल गरिएको थियो ।

अब्दुल्ला हमदोकले राजीनामा दिएको दोस्रो दिन पनि प्रदर्शन भयो जसमा कम्तिमा दुईजना मारिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !