७ बैशाख २०८१, शुक्रबार

३५ वर्षीय युवक चिलीको राष्ट्रपतिमा निर्वाचित


गेब्रियल बोरिक

काठमाडौं । कम्युनिष्ट युवा नेता ३५ वर्षीय गेब्रियल बोरिक चिलीको राष्ट्रपतिमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार दक्षिणपन्थी प्रतिद्वन्द्वी जोस एन्टोनियो कास्टलाई १२ प्रतिशत मतले पछि पार्दै बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार अनुसार सन् २०११-१२ मा विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित विद्यार्थीहरुले गरेको आन्दोलनमा उनी एक प्रमुख अगुवाको रुपमा चिनिएका थिए ।

त्यसपछि सन् २०१३ मा भएको निर्वाचनमा उनी संसदको तल्लो सदनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !