८ बैशाख २०८१, शनिबार

समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु


समुन्द्री विमान दुर्घटना

काठमाडौं । अष्ट्रेलियामा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा २ पुरुष र २ बालबालिका रहेको पुष्टि गरेको छ । क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन् । विमानको गोताखोरहरू पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !