७ बैशाख २०८१, शुक्रबार

मेस्सीको ह्याट्रिकसंगै बार्सिलोनाको अपराजित यात्रा कायमै


Messi

एजेन्सी, २५ चैत  ।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हराएको छ । गएरातिको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले ह्याट्रिक गर्दै टिमको अपराजित यात्रा ३८ खेलसम्म पुर्‍याएका हुन् ।

यससँगै बार्सिलोनाले ला लिगामा लगातार धेरे खेलसम्म अपराजित हुने किर्तिमानको बराबरी गरेको छ । ला लिगामा यसअघि लगातार ३८ खेलसम्म अपराजित रहँदै रियल सोसिडाड सबैभन्दा धेरै खेलमा लगातार अपराजित हुने टिम रहेको छ ।

व्यक्तिगत ४५ औं ह्याट्रिक पूरा गर्ने क्रममा मेस्सीले २७ औं, ३२ औं र ८७ औं मिनेटमा गोल गरेका हुन् । नतिजापछि बार्सिलोनाले दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको अंक दुरी १२ अंकमा पुर्‍याएको छ । एथ्लेटिकोले आइतबार रियल मड्रिडसँग खेल्नेछ भने बार्सिलोनाले आउँदो बुधबार रोमासँग खेल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !