१३ बैशाख २०८१, बिहिबार

भारत बन्दमा हिंसात्मक प्रदर्शन, पाँचको मृत्यु, दर्जनौँ घाइते


एजेन्सी, २० चैत ।  एससी–एसटी एक्टप्रति सर्वोच्च अदालतको फैसलाको विरोधमा सोमबार विभिन्न दलित संगठनले भारत बन्दको आह्वान गरेका छन् ।

भारत बन्दलाई विभिन्न राजनीतिक दलले
पनि समर्थन गरेका छन् । दलित संगठनले अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम १९८९ मा भएको संशोधनलाई फिर्ता लिएर पहिलेकै अवस्थामा फर्काउन माग गरेका छन् । दलित संगठनले गरेको प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ ।

प्रदर्शनले पञ्जाब, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, झारखण्डलगायतका राज्य बढी प्रभावित भएका छन् । प्रहरीसँगको झडपमा उत्तर प्रदेशमा एक जना तथा मध्य प्रदेशमा ४ जनाको ज्यान गएको छ । कैयौँ स्थानमा भएको झडपमा दर्जनौँ प्रदर्शनकारी तथा सुरक्षाकर्मी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सर्वोच्च अदालतको फैसलामा केन्द्रीय सरकारले पुनर्विचारका लागि आवेदनपत्र दर्ता गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !