माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन Nepalpatra माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन
१८ मंसिर २०७८, शनिबार

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन


मालदिभ्स

माले । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सन् २०२० जुनको सोही अवधिको तुलनामा हाल ५९९ प्रतिशतले बढेको छ । तर २०१९ को तुलनामा २ प्रतिशतले घटेको छ ।

माल्दिभ्सले यस वर्ष अहिलेसम्म कुल नौ लाख ७३ हजार २६९ पर्यटक आगमन रेकर्ड रहेको बताएको छ । माल्दिभ्सका लागि पर्यटक आगमनको सबैभन्दा ठूलो स्रोत भारत र रुस हो । यस आगमनको क्रमशः २३ प्रतिशत र १९ प्रतिशत रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !