८ बैशाख २०८१, शनिबार

राजधानीमा बम विष्फोटपछि युगान्डाका राष्ट्रपतिद्वारा सम्यमित रहन आग्रह


बम विस्फोट

कम्पाला । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताउँनुभएको छ।

राष्ट्रपति योवेरी मुसेभेनीले ट्वीट गर्दै उल्लेख गर्नु भएको छ “यो एक आतङ्कवादी कार्य हो जस्तो देखिन्छ तर वास्तवमा यसमा अनेक अपराधीहरू संलग्न भएको पाउँछौं। जनता डराउनु पर्दैन, हामी यो अपराधलाई पनि अन्य सबै खाले अपराधलाई जस्तै परास्त गर्नेछौं।”

राष्ट्रपतिले प्रहरीले घटनाको अध्ययन गरिरहेको र सम्भावित सुरक्षा रणनीति तयार गरेको र यस बारेमा पछि थप सूचना प्रदान गर्ने जानकारी दिनुभएको छ।

उहाँले दिएको जानकारी अनुसार तीन जना व्यक्ति पोलिथिन झोलाबाट तल झरेका थिए जुन पछि विष्फोट भयो जसबाट एक व्यक्तिको मृत्यु भयो भने अन्य पाँच जना घाइते भएका थिए।

यहाँस्थित बेलायती र फ्रान्सेली दूतावासहरूले आफ्ना नागरिकहरूलाई सम्भावित आतङ्कवादी हमलाको चेतावनी दिँदै सुरक्षा सतर्कता अपनाउँन आग्रह गरेको केही दिनपछि उक्त घटना घटेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !