६ बैशाख २०८१, बिहिबार

​बार्सिलोनाको अपराजित यात्रा कायमै


Barcelona

एजेन्सी, १८ चैत  । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अपराजित यात्रा कायम राख्दै अंक बढेको छ । सेभिल्लाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेपछि बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो ।

सेभिल्लाको मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेजले गोल गर्दै सेभिल्लालाई ३६ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि ५० औं मिनेटमा लुइस मुरियलले सेभिल्लाको अग्रता दोब्बर बनाए ।

सुरुवातमा दबाबमा परेको बार्सिलोना ५८ औं मिनेटमा लियोनेल मेस्सी बेन्चबाट मैदानमा आएपछि सेभिल्लालाई दबाब दिन सफल भएको थियो । ८८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै सेभियाको अग्रता छोट्याएका थिए ।

८९ औं मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिल्ला ४६ अंकसहित छैटौं स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !