अस्पतालबाट डिस्चार्ज भए अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन Nepalpatra अस्पतालबाट डिस्चार्ज भए अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन
१८ मंसिर २०७८, शनिबार

अस्पतालबाट डिस्चार्ज भए अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन


बिल क्लिन्टन

लस एन्जलस । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उहाँ आइतबार डिस्चार्ज भएको बताइएको छ ।

उहाँलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको सो अस्पताल प्रशासनले जनाएको समाचारमा बताइएको छ ।पचहत्तर वर्षीय पूर्व राष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भइ ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।

उहाँको ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !