पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते Nepalpatra पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते
१ कार्तिक २०७८, सोमबार

पाकिस्तानमा भूकम्पबाट एक सयबाट बढी घाइते


पाकिस्तान

बलुचिस्तान, पाकिस्तान । पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सय भन्दा बढी घाइते भएका पाकिस्तानी सञ्चार माध्यमहरुले शुक्रबार जानकारी दिएका छन् । यद्यपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएका जनाएका छन् ।

बिहीबार विहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्ती २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरुले जानकारी दिएका थिए । भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर भएकोले अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाउनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !