८ बैशाख २०८१, शनिबार

पाकिस्तानमा शक्तिशाली भूकम्प : २० जनाको मृत्यु, १५० जना घाइते


भूकम्प

एजेन्सी । पाकिस्तानमा आज शक्तिशाली भूकम्प गएको छ । आज बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएको अधिकारीहरूले बताएका छन् । यद्यपि विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलोचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

यो भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी प्राप्त हुन् सकेको छैन । विभिन्न सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ ।

स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् भने धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । उद्धार कार्य अहिले पनि जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !