४ बैशाख २०८१, मंगलबार

भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने


दिल्ली

नयाँदिल्ली । भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्नुहुने भएको छ । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लाग्नु भएको जनाइएको छ ।“छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको रुपमा व्याख्या गरिएको छ ।

भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन् । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भेटका क्रममा उहाँले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ ।

विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उहाँहरुका बीचमा छलफल हुने जनाइएको छ ।

कोरोनाभाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !