क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु Nepalpatra क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु
१ आश्विन २०७८, शुक्रबार

क्यामरुनमा भिडन्तमा नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु


मृत्यु

याउन्दे । क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ । साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन् ।

उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन् । सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ । उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा