यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु Nepalpatra यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु
५ आश्विन २०७८, मंगलबार

यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु


यमन

खार्ताेम । यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ ।

यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए ।

सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो ।

त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो ।

त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो ।

त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन ।

मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा