१३ बैशाख २०८१, बिहिबार

अमेरिकामा सेप्टेम्बर ११ को सम्झनामा स्मृति दिवस


संयुक्त राज्य अमेरिका

भदौ २७ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिबार २० औं स्मृति दिवस मनाएको छ ।

अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि मनाइदै गरेको यो भावुक स्मृति दिवसमा सहभागीहरूले आफन्त गुमाउन पर्दाको पीडा विभिन्न किसिमले व्यक्त गरेका थिए । उक्त त्रासादीपूर्ण हमलामा २, ७५३ जनाले ज्यान गुमाएका थिए भने कैयौ घइते र अपाङ्ग भएका थिए ।

न्युयोर्कस्थित दुई टावरमा विमान दुर्घटना गराई अलकायदाले गरेको आतङ्कवादी हमलाका कारण अमेरिकाले कडा सुरक्षा व्यवस्थाबीच थप सुरक्षा चुनौती बेहोर्दै आएको छ ।

उक्त स्मृति दिवसको छ शृङ्खलामा आयोजना गरिएको कार्यक्रम बिहान ८;४६ मा घण्टी बजाएर मौन धारण गरिएको थियो, जुन अपहृत विमानले उत्तरतर्फको विश्व व्यापार केन्द्रको टावरमा आक्रमण गरेको समयअनुसार मिलाइएको थियो ।

मृतकका आफन्तले आफ्ना मृतकहरूको तस्वीर टाँसेर भावुक बन्दै उक्त कार्यक्रमा सहभागीता जनाएका थिए । सहभागी मध्येका एक जोन पोचर ड्ज्मा जसले उक्त घटनामा भाइ गुमाएका थिए, उनले उक्त घटना हिजो मात्र घटेको जस्तै लाग्ने र प्रत्येक वर्ष यसरी नै घटनाको स्मरण गरिरहेको पीडा सुनाउनु भएको थियो ।

त्यसैगरी पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले त्यति बेलाको कारुणिक दृष्यको स्मरण गर्दै आगो नियन्त्रण गर्ने क्रमाम ३४३ जनाले ज्यान गुमाएको घटना सधै स्मृतिमा दुःखद बिम्बको रूपमा खेलिरहेको बताउनु भयो । त्यो हृदयविदारक घटना सपनामा बल्झिरहेको पनि बुसले उल्लेख गर्नु भएको छ ।

सोही घटनाको स्मृति दिवसका कार्यक्रम पेन्टागन र शान्कसभिलमा पनि आयोजना गरिएको थियो । पूर्व राष्ट्रपति बुसले त्यति बेलाको जस्तो राष्ट्रिय एकता र राजनीतिक नेतृत्वको दूरदृष्टि अहिले नदेखिएकोमा आफू राष्ट्र र आगामी सन्ततिको भविष्यको बारेमा चिन्तित रहेको विचार व्यक्त गर्नुभएको थियो ।

विश्वभरका नेताहरूले सो घटनाको निन्दा र त्यसका विरुद्धको एकताका पक्षमा सन्देश पठाउँदै त्यो आक्रमण पश्चिमा मूल्य र मान्यता माथिको आक्रमण भएको बताउनु भएको छ।

त्यसैगरी शान्कसभिलमा आयोजित कार्यक्रमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरका एकजुट भएर विश्वको नेतृत्व गर्नुपर्ने र आफ्नो विगतको एकता र शक्ति पुनः प्राप्त गरेर वास्तविक अर्थमामा विश्वको नेतृत्वका निम्ति सबैलाई विश्वासमा ल्याउनुपर्नेमा जोड दिनु भएको थियो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिबानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनु परेको बताउनु भयो ।

पूर्व राष्ट्रपति ट्रम्पले अफगानिस्तानको घटनाले अमेरिकी राष्ट्रपति बाइडेनको परीक्षाको घडी नजिकिएको बताउनु भएको छ ।

उहाँले थप्नु भयो, अमेरिकी सेनाको लज्जास्पद बहिर्गमन, १३ सैनिकको हत्या र तालिबानीहरूको दिग्विजयले अमेरिकालाई थप चिन्तित तुल्याएको छ, शनिवार आयोजित उक्त कार्यक्रमामा राष्ट्रपति बाइडेनले भने राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गर्नु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !