८ बैशाख २०८१, शनिबार

जापान सरकारद्वारा तीन लाखलाई ठाउँ छोड्न आग्रह


मिरिना आँधी

टोकियो । जापानका विभिन्न ठाउँमा आँधीको रहेकाले ती ठाउँका बसिन्दालाई अन्यत्र जान सरकारले आग्रह गरेको छ ।

देशको हिरोशिमा, शिमान र एहिमलगायतका क्षेत्रका तीन लाख २०० भन्दाबढी मानिसलाई ठाउँ छोड्न सरकारले सोमबार आग्रह गरेको हो ।

आँधीको खतराका कारण जापानी एयरलाइन्सका त्यस क्षेत्रका ६३ ओटा उडान रद्द भएका छन् भने अरु उडान अनिश्चित रहेका छन् ।

अहिले आउन लागेको निकै शक्तिशाली भएकाले धेरै क्षति हुनसक्ने अनुमानसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !