७ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानमा ८९ लडाकू र ४२ आमनागरिक तथा सुरक्षाकर्मी मारिए


अफगानिस्तान

काबुल । अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए । अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरुको मृत्यु भएको छ ।
लडाकूहरुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

“तालिवान लडाकूहरु मालिस्तान जिल्लामा प्रवेश गरी युद्ध अपराध गरी आम नागरिकको हत्या गरेका छन्, हत्या गरिएकाहरु लडाइमा संलग्न थिएनन,” स्थानीय नागरिक अधिकारकर्मी मिना नाडेरीले भन्नुभयो । लडाकूहरुले स्थानीयको सम्पत्ति समेत लुटपाट गरेको र सर्वसाधारणको वासस्थानमा आगजनी समेत गरेका उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !