७ बैशाख २०८१, शुक्रबार

भारतमा ३८ हजार ७९ नयाँ कोरोना संक्रमित थपिए


भारतमा कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट नयाँ ३८ हजार ७९ जना संक्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक संक्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ । कोरोना भाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ९१ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९५४ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ९८ हजार ७१५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !