८ बैशाख २०८१, शनिबार

अफगानिस्तानलाई सहयोग गर्ने चीनको भनाई


china

दससानबे । चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताउनुभएको छ । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पु¥याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा राख्नुभएको हो ।

उहाँले पछिल्लो समयमा अफगास्तिानमा कोभिड महामारीका सङ्क्रमितहर बढ्दै गएको भन्दै महामारीसँग लड्ने औषधि स्वास्थ्य औजारहरुका साथै खोप आदि उपलब्ध गराएर चीनले अफगानिस्तानलाई सहयोग गर्ने विदेशमन्त्री वाङले जानकारी दिनुभएको हो ।

विदेशमन्त्री वाङले अफगानिस्तानका विदेशमन्त्री मोहमद हानिफ आतमारसँग बिहीबार भएको द्धिपक्षीय भेटवार्ताका क्रममा सो सहयोगको आश्वासन दिनुभएको हो । उहाँले सो भेटका अवसरमा चीन र अफगानिस्तान पहाड तथा नदीले छुट्याएका दुई छिमेकी देशहरु हुन् भन्नुभएको छ । अफगानिस्तानसँग चीनको विगत धेरै लामो समयदेखिको मित्रता रही आएको पनि सो अवसरमा उहाँले बताउनुभएको थियो ।

उहाँले त्यस अवसरमा हाल अफगानिस्तानमा रहेका चीनका नागरिक र चिनियाँ विभिन्न संघ संस्था आदिको सुरक्षाका लागि पनि आग्रह गर्नुभएको थियो । अफगानिस्तानमा हाल तालिबानी लडाकूहरुले दिन प्रतिदिन हिंसात्मक हमलाका घटना बढाएका छन् । जसका कारण यहाँ दैनिकजसो नागरिकको ज्यान जान थालेको पनि पाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !