८ बैशाख २०८१, शनिबार

माइकल क्यारिकले सन्यास लिने


Micheal Carrick

एजेन्सी, २९ फागुन ।  म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर माइकल क्यारिकले यो सिजनपछि सन्यास लिने भएका छन् । सन् २००६ मा म्यान्चेष्टर युनाइटेडमा आबद्ध भएका ३६ बर्षीय क्यारिक स्वास्थ समस्याका कारण यो सिजन जम्मा चार खेलमा सिमित बनेका छन् ।

मुटुको अनियमित धड्कनका कारण उनी शतप्रतिशत प्रदर्शन गर्न सकिरहेका छैनन् । ‘म यस्तो क्षणमा आइपुगेको छु, जुन बेला शरिरले खेल्नका लागि रोक लगाउँछ ।’ युनाइटेमा ४६३ खेल खेलेका क्यारिकले भने ।

युनाइटेडका प्रशिक्षक जोसो माउरिन्होले क्यारिक क्लबमा उपस्थितमात्र भए पनि खुशी हुने बताएका थिए । ‘मुटुले समस्या दिएपछि २–३ दिन सोचेँ, अहिले म केही स्वस्थ भएको छु र सिजनको अन्तिम सम्म खेल्नेछु’ क्यारिकले थपे ।

इंग्ल्याण्डका लागि ३६ खेल खेलेका क्यारिकले म्यान्चेष्टर युनाइटेड अघि टोटनह्यामबाट प्रिमियर लिग खेलेका थिए । युनाइटेडमा उनले २४ गोल गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !