१२ बैशाख २०८१, बुधबार

टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा


Tottenham vs boumemouth

एजेन्सी, २८ फागुन । लिभरपुललाई पछि पार्दै टोटनह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले हराउँदै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिएको हो ।

टोटनह्यामले बर्नमाउथको एक शून्यको अग्रता उल्टाएको हो । खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसयता बर्नमाउथको पोष्टमा टोटनह्यामले ४ गोल गर्न सफल भयो । ३५ औं मिनेटमा बामीदेले अलीले गोल गरी पहिलो हाफ बराबरी गरे ।

दोस्रो हाफमा टोटनह्यामले ३ गोल थप्यो । ६२ औं र ८७ औं मिनेटमा सोन हुइङ मिनले गोल गर्दा ९१ औं मिनेटमा सर्जी औरियरले गोल गरेका थिए ।

टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । म्यान्चेस्टर युनाइटेड ६५ अंकसहित दोस्रो स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !