४ बैशाख २०८१, मंगलबार

चेल्सी क्रिस्टल प्यालेससँग २ -१ ले विजयी


Chelsea willian-goal

एजेन्सी, २७ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ ।

चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा क्रिस्टल प्यालेसलाई दुई एक गोल अन्तरले हरायो । लिगको पाचौ स्थानमा रहेको चेल्सीको जितमा विलियमले एक गोल गरे भने एक गोल उपहार पायो ।

खेलको २५ औं मिनेटमा विलियमको गोल मार्फत चेल्सीले अग्रता बनायो । ३२ औं मिनेटमा चेल्सीले उपहार गोल मार्फत खेल दुई शून्यमा पुर्यायो । क्रिस्टल प्यालेसका मार्टिन केलीले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगे ।

तर, ९० औं मिनेटमा प्याट्रिक भान आनहोल्टले एक गोल फर्काए पनि क्रिस्टललाई हारबाट जोगाउन पर्‍याप्त बनेन ।

चेल्सीको ३० खेलबाट ५६ अंक पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !