११ बैशाख २०८१, मंगलबार

लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा


Manchester-United

एजेन्सी, २७ फागुन । इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानको अग्रता कायम गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोडमा शनिबार भएको खेलमा मार्को राशफोर्डको २ गोलको सहयोगमा युनाइटेडले लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २–१ गोलले हराएको हो ।

जितपछि युनाइटेडको ३० खेलबाट ६५ अंक भएको छ भने समान खेलबाट लिभरपुलको ६० अंक छ ।

पहिलो हाफको १४औं र २४औं मिनेटमा गोल गरी मार्को राशफोर्डले युनाइटेडलाई २–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा उपहार गोलमार्फत लिभरपुलले अग्रता छोट्यायो । ६६औं मिनेटमा युनाइटेडका इरिक बेलीले आत्मघाती गोल गर्न पुगेका थिए ।तर, त्यसयता लिभरपुलले गोल गर्न सकेन र लिगको दोस्रो स्थानमा उक्लने अवसर खेर फाल्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !