७ बैशाख २०८१, शुक्रबार

कोरोनाको डेल्टा भेरियन्टको त्रासले अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन


क्यानबेरा । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।

घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !