७ बैशाख २०८१, शुक्रबार

कोभिड–१९ बाट ब्राजिलमा पाँच लाखभन्दा बढीको मृत्यु


ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजारको मृत्यु

रियो दि जेनेरियो । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोभिड–१९ सङ्क्रमित पाँच लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले दिएका छन् ।

राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपायहरु अस्वीकार गर्दै जाँदा ब्राजिलमा संक्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कहरुले पूर्णरुपमा खोप लगाएका छन् ।

ब्राजिलमा सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयासका पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसदले अनुसन्धान गरिरहेको छ । ब्राजिलमा कुल संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजारभन्दा बढि पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !