१२ बैशाख २०८१, बुधबार

संक्रमित बढेपछि अफगानिस्तानको राजधानी काबुलमा कोरोना अस्पताल स्थापना


अफगानिस्तान

काबुल । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । यहाँ सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ ।

अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् ।

यसै कारणले गर्दा अफगानिस्तानको राजधानी काबुलमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल खुलेको छ ।सो कुराको जानकारी अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले शुक्रबार दिएको हो ।

यसअघि पनि काबुलमा कोरोना भाइरसको मात्र उपचार गर्ने तीन वटा अस्पताल रहेकोमा यो समेत गरी यहाँ कोरोनाका ४ वटा अस्पताल पुगेको पनि अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले जनाएको छ ।

शुक्रबार काबुलमा अफगान–इन्डोनेसिया अस्पतालको उद्घाटन भएको सो मन्त्रालयले जनाएको छ । उक्त अस्पताल ५० शैयाको रहेको छ ।यो अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल भएको र यहाँ कोभिडका गम्भीर प्रकृतिका विरामीहरुको उपचार गर्ने बताइएको छ ।

बिहीबार मात्र पनि अफगानिस्तानमा २४ घन्टाभित्र दुई हजार जना भन्दा बढी कोरोनाका सङ्क्रमित भेटिएका थिए । त्यसैगरी बिहीबार यहाँ १०१ जनाको कोरोना सङक्रमणबाट निधन भएको थियो । यहाँ अहिलेसम्म ९८ हजार जना भन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।

साथै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट अफगानिस्तानमा ३ हजार ९४३ जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !