११ बैशाख २०८१, मंगलबार

अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी कोरोना संक्रमित


अफ्रिकामा कोभिड-१९

एदिस अबाबा । अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ सङ्क्रमितहरूको संख्या शुक्रबार दिउँसासम्म ५१ लाख ३७ हजार ३७४ पुगेको रोग नियन्त्रण तथा रोकथामका लागि अफ्रीका केन्द्रले सीडीसीले जनाएको छ ।

पचपन्न सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य एजेन्सी सीडीसीका अनुसार, महामारीको कारण मर्नेको सङ्ख्या एक लाख ३६ हजार ४०६ पुगेको छ । यस महादेशका ४५ लाख ७२ हजार ६७१ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्टमा महादेशका अन्य मुलुकमाभन्दा बढी सङ्क्रमण देखिएको छ ।

दक्षिण अफ्रिकामा सबैभन्दा बढी कोभिड–१९ रेकर्ड गरिएको छ भने अहिलेसम्म दुई उत्तरी अफ्रिकी देशहरू मोरक्को र ट्युनिसियाले शुक्रबार दिउँसो क्रमशः पाँच लाख २५ हजार ४४३ र तीन लाख ७६ हजार ६९१ व्यक्ति सङ्क्रमित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !