८ बैशाख २०८१, शनिबार

जिम्बाबेका ९७ बर्षीय प्रथम राष्ट्रपति सङ्क्रमित, अस्पताल भर्ना


कोरोना नयाँ भेरियन्ट बी १.६१७

लुकासा । जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्व राष्ट्रपति काउन्डाको निजी सचिवालयले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ ।

“हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यसैगरी उहाँको उपचारमा संलग्न चिकित्सकहरुको टोलीले सम्भव भएसम्मका सवै प्रयासहरू गरिरहेकोले उनीहरुलाई सफलता प्राप्त हुने विश्वास लिएका छौँ,” सचिवालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

छोटो सो वक्तव्यमा उहाँको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन । राजधानी लुकासामा रहेको मैना सोको मेडिकल सेन्टरमा उहाँको उपचार भइरहेको हो ।

जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा नाटकीयरूपमा बृद्धि हुँदैआएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ ।

बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेल्नु भएका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !