१२ बैशाख २०८१, बुधबार

अवैध प्रवेश गरेका आप्रवासीको लिबियाको पश्चिमी क्षेत्रबाट उद्वार


आप्रवासीको उद्वार

त्रिपोली । लिबियाको पश्चिमी समुद्री क्षेत्रबाट बिहीबार यहाँका सामुद्रिक सुरक्षा गार्डहरुले करिब ९९ जना आप्रवासीको उद्वार गरेका छन् । ती आप्रवासीहरु अवैध रुपमा लिबिया प्रवेश गरेका थिए । उनीहरु कहाँबाट त्यहाँ आए भन्ने बारेमा केही बताइएको छैन ।

लिबियाको राजधानी त्रिपोलीबाट करिब ७० किलोमीटर पश्चिममा रहेको मेलिताह नगरबाट उनीहरुको उद्वार गरिएको हो । यो भन्दा अघिल्लो दिन पनि यहाँका सुरक्षा गार्डले नै सोही पश्चिमी समुद्री किनाराबाट करिब १८० जनाको उद्वार गरेको बताएको थियो ।

ती आप्रवासीहरु पनि अन्य कुनै देशबाट अवैध रुपमा विना कुनै कागजात सो देशमा प्रवेश गरेका बताइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !