१३ बैशाख २०८१, बिहिबार

पहिलो पटक चन्द्रमा पुग्ने एपोलो ११ का पाइलट माइकल काेलिन्सको निधन


Michael Collins1

काठमाडौँ । पहिलोपटक चन्द्रमामा पुग्ने अन्तरिक्षयात्री नील आर्मस्टङका सहयात्री समेत रहेका एपोलो ११ यानका पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । उनी १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने ३ जना अन्तरिक्षयात्री नील आर्मस्टङ र बज अल्ड्रिनसँगैका एक सदस्य हुन् ।

क्यान्सरका कारण यही बुधबार उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । कोलिन्सका सहयात्री नील र बज चन्द्रमामा हिँडिरहँदा उनले भने चन्द्रमामा हिँड्न पाएका थिएनन् । नील र अल्ड्रिनले चन्द्रमामा हिँडिरहँदा कोलिन्सले भने उनीहरुलाई झण्डै २८ घण्टा एक्लै पर्खिरहेका थिए।

अन्तरिक्षयात्रामा कोलिन्सको भूमिका ‘कमान्ड मोड्युल पाइलट’को थियो । उनलाई चन्द्रमामा हिँड्ने अवसर भए पनि उनी एपोलो ११ बाट ओर्लिएका थिएनन् । नासाले कोलिन्स, आर्मस्टङ र अल्ड्रिनलाई एपोलो ११ को क्र्यू सदस्यको रुपमा १९६९ को जनवरी ९ मा घोषणा गरेको थियो ।

कोलिन्स १९३० मा रोममा जन्मिएका थिए । उनका पिता जेम्स एल कोलिन्स अमेरिकी सेनाका मेजर जनरल थिए । अमेरिकी सैन्य शिक्षालयबाट १९५२ मा ग्र्याजुएशन गरेपछि कोलिन्स एयर फोर्समा भर्ना भएका उनी जहाँ लडाकु पाइलट बने ।

१९६२ मा पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी पाइलट बनेपछि उनी नासामा आवेदन दिएका थिए । तर उनी दोस्रो पटक १९६३ मा मात्रै छानिएका थिए । उनी नासा अन्तर्गत अन्तरिक्षयात्रीहरुको तेस्रो समूहमा थिए ।

उनको निधनप्रति नासाले एक अन्वेषणका लागि अग्रगामी र आजीवन समर्थक गुमाएको बताएको छ । नासाका कार्यकारी प्रशासक स्टिभ जुर्जिकले एक विज्ञप्ति जारी गर्दै कोलिन्सले अमेरिकालाई नयाँ परिभाषा दिएको समेत बताएका छन् ।

यस्तै कोलिन्सका परिवारले भनेका छन्, ‘ हाम्रो प्यारो बुबा र हजुरबुबाको आज क्यान्सरसित कोरिसकेपछि बित्नुभयो भन्ने कुरा बताउन पाउँदा हामी पछुताउँछौं। तिनले आफ्नो परिवारसँगै शान्तिपूर्वक आफ्नो अन्तिम दिन बिताए । माइकले सधैं अनुग्रह र नम्रतासाथ जीवनका चुनौतीहरूको सामना गर्नुपऱ्यो र त्यसरी नै तिनले आफ्नो अन्तिम चुनौतीको पनि सामना गर्नुपऱ्यो। हामी उहाँलाई असाध्यै याद गर्नेछौं।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु