पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन Nepalpatra पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन
३१ बैशाख २०७८, शुक्रबार

पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन


मृत्यु

वासिङटन । अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ । सो कुराको जानकारी उहाँका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराउनुभएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उहाँ अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति हुनुहुनथ्यो । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि हुनुभएको थियो ।

पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उहाँको सोमबार निधन उहाँको परिवारले जनाएको छ । उहाँ उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर हुनुहुन्थ्यो । उहाँ १२ वर्ष सम्म अमेरिकाको सिनेटर हुनुभएको थियो । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उहाँले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गर्नुभएको थियो ।

उहाँ अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत भएर पनि काम गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा