४ बैशाख २०८१, मंगलबार

बेलायतकी महारानी एलिजाबेथका पति राजकुमार फिलिपको निधन


बेलायतकी महारानी एलिजाबेथका पति राजकुमार फिलिपको निधन

काठमाडाैं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बेलायतको बकिङ्घम राजदरबारले शुक्रबार विज्ञप्ति जारी गर्दै राजकुमार फिलिपको निधन भएको घोषणा गरेको हो ।

बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन् । महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ।’

राजकुमार फिलिप ग्रीक आइल्यान्ड अफ कोर्फुमा १० जुन सन् १९२१ मा जन्मिएका थिए । राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए । सन् २०१७ को अगस्टदेखि भने उनले सार्वजनिक जिम्मेवारीबाट संन्यास लिएका थिए ।

गत महिना ड्यूक अफ एडिनबरा १ महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए। राजकुमार फिलिप र महारानी एलिजाबेथका ४ जना सन्तान, ८ जना नाति-नातिनी र १० जना पनाति-पनातिनी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !