अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित Nepalpatra अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित
३१ चैत्र २०७७, मंगलबार

अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित


अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको छ । सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । पिनी पोइन्ट बाँध क्षेत्रको मार्ग बन्द गरिएको छ ।

स्थानीय बासिन्दालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनमा तत्काल घर छोडी सुरक्षित स्थलतर्फ जान भनिएको छ । ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको उक्त पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको बताइउको छ । ती पदार्थ पुरानो फस्फेट प्लान्टबाट निस्किएका विश्वास गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !